लुम्बिनीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले दाबी प्रस्तुत गरेको छ । ४१ जना सांसदहरुको हस्ताक्षरसहित नयाँ सरकारका लागि दाबी प्रस्तुत भएको हो ।
प्रदेश प्रमुख फेरिएर नयाँ प्रमुखमा अमिक शेरचन आएलगत्तै विपक्षी गठबन्धनले सरकारको दाबी गरेको हो । लुम्बिनीमा सत्तारुढ एमालेका मुख्यमन्त्री शंकर पोखरेलसँग बहुमत नरहेको गठबन्धनको दाबी छ ।
लुम्बिनीका विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४१ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख शेरचनसमक्ष नयाँ सरकारका लागि दाबी पेस भएको हो । विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गरेको हो ।
विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवसँगको मिलेमतोमा मुख्यमन्त्री पोखरेलले अल्पमतमा रहेर पनि जबरजस्ती सरकार चलाइरहेको जिकिर गर्दै नयाँ सरकारका लागि दाबी गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।