पूर्वमाओवादी ४ नेताको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

सांसद पदमा बहालीको लागि अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट हालेका ४ पूर्वमाओवादी नेताको पक्षमा सर्वोच्चले आदेश दिन अस्वीकार गरेको छ । आजको भएको सुनुवाइपछि अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको हो । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइका क्रममा नेकपा माओवादी केन्द्रको कारबाही विरुद्ध आदेश दिन आवश्यक नदेखिएको भन्दै इजलासबाट अन्तरिम आदेश नभएको हो । 

नेकपा एमालेमा रहेका ४ पूर्वमाअ‍ोवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई माओवादीले गरेको कारबाही वैधानिक नभएको भन्दै सांसद पद बहालीको मागसहित सर्वोच्चमा रिट दिएका थिए । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १७:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया