मंगलबार केपी ओली र माधव नेपालबीच भेटवार्ता हुने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता हुने भएको छ । 

पछिल्लो राजनीतिक उताव–चढावपछि अधिकांश समय एक–अर्काको आलोचनामा बिताएका शीर्ष दुई नेताबीचको भेटघाटले पार्टी एकतालाई सार्थक विन्दुतर्फ डोहोर्याउन सक्ने अनुमान गरिएको छ । 

दुई नेताबीच मंगलबार दिउँसो भेट गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ । यद्यपि, भेट हुने स्थानबारे केही खुलाइएको छैन । 

मंगलबारको भेटघाट एमालेको राजनीतिमा कोसेढुंगा साबित हुने अनुमान गरिएको छ । 

सोमबार दुवै पक्षले स्थायी कमिटी बैठक सम्पन्न गरेका छन् । अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीका विभिन्न नौवटा विभाग पनि गठन गरेको छ ।   





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार २०:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया