ओली–नेपाल भेट गराउने दोस्रो तहका नेताहरुको प्रयास असफल

मंगलबार एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गराउने दोस्रो तहका नेताहरुको प्रयास असफल भएको छ । 

यसअघि विवाद समाधान कार्यदलमा रहेका दुवै पक्षका नेताहरुले दुई शीर्ष नेताहरुको भेट गराउने प्रयास गरेका थिए । 

सोही प्रयासस्वरुप नेपाल पक्षबाट कार्यदलमा रही काम गरेका नेताहरुले उनलाई भेटेका थिए । सो भेटमा नेपालले आफू धेरै अघि बढिसकेको भन्दै फर्काएका थिए ।

दुई नेताबीच आरोप–प्रत्यारोपको शृंखला चलिरहेका बेला वार्ता गराएर विवाद मत्थर बनाउने दोस्रो तहका नेताहरुको प्रयास निरर्थक बनेको छ ।

ओली पक्षले एकलौटी रुपमा विभाग गठन गरेका कारण पनि विवाद सुल्झिनुको साटो झनै बल्झिँदै गएको हो ।   





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १९:३३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया