भेरोसेल खाेपको दोस्रो मात्रा साउन २२ देखि
फाइल तस्बिर

कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिले साउन २२ गतेदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन् । सरकारले साउन २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो । 

साउन २२ गतेदेखि देशैभर भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि, गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिका नागरिक र अत्यावश्यक सेवाका व्यक्तिलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो । 

साउन २२ गतेदेखि देशभरको ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयमार्फत कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गर्नेगरी स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णय भएको हो । 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार ११:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया