मुस्ताङमा पनि १८ वर्षभन्दा माथिका सबैले लगाए कोरोना खोप
फाइल तस्बिर

हिमाली जिल्ला मुस्ताङमा तोकिएको उमेर समूहका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । मुस्ताङमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई काेराेना भाइरस विरुद्धको खोप लगाइएको छ । 

उमेर समूहका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएसँगै मुस्ताङ पूर्ण खोप लगाउने दोस्रो जिल्ला बनेको छ । यसअघि, छिमेकी मनाङका १८ वर्षभन्दा माथिका सबै नागरिकले खोप लगाएसँगै पहिलो जिल्ला बनेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मुस्ताङमा १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । बाहिरी जिल्लाबाट विभिन्न कामका लागि त्यहाँ रहेका थप २१३ जनासहित मुस्ताङमा ९ हजार ५१३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

मुस्ताङमा ६ हजार ७२१ जनाले जोनसन एन्ड जोनसनको खोप, ३२० जनाले भेरोसेल खोपको पूर्ण डोज र २ हजार ४७२ जनाले कोभिसिल्ड खोपको पूर्ण डोज लगाएका कार्यालयले जनाएको छ । 

मुस्ताङमा माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो । 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १२:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया