लुम्बिनी प्रदेश : विमला वली माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उपस्थित
फाइल तस्बिर

लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन् । सत्ता समीकरणको अनौठो खेल चलिरहेका बेला उनी माओवादीको कार्यालयमा उपस्थित भएकी हुन् । 

वली बुधबार बिहान करिब ११ बजेतिर माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी हुन् । यसअघि, वली नेकपा एमालेमै फर्किएको भन्दै समाचारहरु आएका थिए । 

पछिल्लो एक सातादेखि माओवादी छाडेर एमालेमा फर्किएको भनिएकी वली आज फेरि माओवादी संसदीय दलको कार्यालयमा पुगेकी हुन् । कार्यालयमा उपस्थित भएर वलीले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको र आफू तनावमा रहेको बताएकी एक प्रदेशसभा सांसदले बताए । 

यसअघि, सोमबार वलीले हस्ताक्षर गरेको प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो, जसमा आफू एमालेमा फर्किएको उनले प्रष्ट पारेकी थिइन् । 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १४:३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया