क्रिकेट संघको नेतृत्वमा आएर नेपाली क्रिकेट सुधार्छु : पारस खड्का
फाइल तस्बिर

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आफू क्रिकेटबाट टाढा नभएको बताएका छन् । 

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि बुधबार पत्रकार सम्मेलन गर्दै क्रिकेटबाट आफू टाढा नभएको र केबल भूमिका मात्र बदलिएको बताएका हुन् । 

‘म क्रिकेटबाट टाढा भएको छैन, म क्रिकेटसँगै रहने छु । केबल मेरो भूमिका मात्र फेरिने छ’, पारसले भने । 

‘म क्रिकेट संघको नेतृत्वमा आएर नेपाली क्रिकेटको सुधार गर्ने प्रयासमा हुनेछु’, पारसले थपे ।

पारसले २ वर्ष अगाडि नै सन्यास लिने सोचमा रहेको भए पनि टिमलाई सहयोग गर्न मात्र राष्ट्रिय टिममा बसेको बताएका छन् ।  

‘मैले २ वर्ष अगाडि नै सन्यास लिने सोच बनाएको थिएँ’, पारसले भने, ‘टिमलाई सहयोग गर्नु पर्छ भनेर मात्र बसेको थिएँ, २ वर्ष पूरा भएपछि छाडेको हुँ ।’ 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १५:४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया