पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २९८ नमुनामध्ये ११ हजार ३५४ जनाको पिसिआर र ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोनामुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।