महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने अघिल्लो सरकारको निर्णय सच्याउन नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षक (आइजिपी)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेर उनीहरुले यस्तो आग्रह गरेका हुन् । केपी ओली नेतृत्वको सरकारले गरेको सो निर्णय सच्याउन माग गर्दै उनीहरुले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।
पूर्वप्रहरी महानिरीक्षकहरू दुर्लभकुमार थापा, मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, प्रदीपशमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल र ठाकुरप्रसाद ज्ञवाली बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
तत्कालीन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिप्याड बनाउने ठाउँ अभाव भएको र एकेडेमीमा हुने तालिमले राष्ट्रपतिलाई असहज भएको भन्दै २१ भदौ ०७५ मा प्रशिक्षण प्रतिष्ठान पनौती सार्ने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।