आज नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बुधबारका लागि डाकिएको बैठक व्यस्तताका कारण भन्दै बिहीबारका लागि सारिएको हो ।
आफ्नो पक्षका नयाँ रणनीति बनाउनका लागि नेपाल पक्षले केन्द्रीय समिति बैठक डाकेको हो । नेपाल पक्षको आजको बैठकबारे एमालेको ओली समूहले भने आपत्ति जनाएको छ ।
एमालेको कार्यलय सचिव शेरबहादुर तामाङले बुधबार नै एक वक्तव्य जारी गरी पार्टीको नाममा साउन २१ गतेका लागि कुनै बैठक नडाकिएको बताएका छन् । एमाले केन्द्रीय कमिटीको नामबाट बैठक बोलाइएको प्रति ध्यानाकर्षण भएको तामाङले वक्तव्यमा उल्लेख गरेका छन् ।
पार्टीको नामबाट बैठक बोलाउनु पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने दावी उनले गरेका छन् । यस्ता गतिविधिमा नलाग्न पार्टी कार्यकर्ता हरुलाई अपिल गरेका छन् ।
ओली पक्षको आपत्ति भएपनि बैठक नरोकिने नेपाल पक्षले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।