नेकपा एमालेको माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक केहीबेरमा सुरु हुँदैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहले अनाधिकृत भनेको यो बैठकमा आज नेपालले अहिलेसम्म पार्टीमा भएका विभिन्न विषयको बिफ्रिङ गर्ने भएका छन् ।
पार्टीमा पछिल्लो समय भएका वार्ता प्रयास र यसअघि बनेको कार्यदलले दिएका १० बुँदे सहमतिबारे पनि आजको बैठकमा छलफल गरिने नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘हामीले अहिलेसम्म के के गरेका छौँ भन्नेबारे नेपालले बिफ्रिङ गर्ने तय भएको छ,’ नेपाल समूहका ती केन्द्रीय सदस्यले फरकधारलाई भने, ‘सँगसँगै १० बुँदे कार्यदलको प्रस्तावबारे पनि आज छलफल हुनेछ ।’
ती केन्द्रीय सदस्यका अनुसार आजको बैठकले अब पार्टीमा आफूहरुको आगामि रणनीतिबारे पनि तय गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।