माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा भीम रावल जाने

नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा भीम रावल पनि उपस्थित हुने भएका छन् । पछिल्लो समय प्रधानमन्त्रीमा नेपाली कांग्रेसका शेरबहादुर देउवालाई विश्वासको मत दिने तयारी गरेपछि रावल नेपालसँग असन्तुष्ट बनेका समाचार सार्वजनिक भएका थिए ।

३ साउनमा प्रधानमन्त्रीमा देउवाले विश्वासको मत माग्नुभन्दा केही समयअघि सांसद पदबाट राजीनामा दिएका रावलले पछि राजीनामा फिर्ता लिए । उनले राजीनामा फिर्ता लिनु पर्नेमा माधवकुमार नेपालको पनि विशेष जोड थियो । नेपाल रावललाई भेट्न उनकै निवाससम्म पनि पुगेका थिए ।

पार्टीमा देखिएको विवाद मिलाउन बनेको कार्यदलमा नेपाल समूहको नेतृत्व गरेका रावलले पछिल्लो समय नेपालले १० बुँदे सहमतिको प्रस्तावलाई पनि बेवास्ता गरेको भन्दै उनीसँग असन्तुष्टि जनाउँदै आएका थिए ।

नेपाल समूहका केही सदस्यहरुले सरकारमा सहभागी हुनु पर्ने जोड दिन थालेपछि रावल यो समूहबाट टाढिन खोजेको अनुमान गरिएको थियो ।






  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ११:७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया