एमाले एकताका लागि माधव नेपालले ओलीलाई दिए ३ दिनको समय

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई ३ दिनको समयसीमा तोकिदिएका छन् । आफ्नो समूहको केन्द्रीय कमिटीको बैठकमार्फत नेपालले अध्यक्ष ओलीलाई ३ दिनको समय दिएका हुन् । 

काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा आज बसको केन्द्रीय कमिटीको बैठकमार्फत नेता नेपालले पार्टी एकताको ठोस प्रस्तावका लागि अध्यक्ष ओलीलाई साउन २४ गतेसम्मको समयसीमा तोकेका हुन् । 

नेता नेपालले आफू एकताका लागि अझै प्रतिवद्ध रहेको भन्दै त्यसका लागि अध्यक्ष ओलीलाई साउन २४ गतेसम्म पर्खने बताएका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार नेपालले एकताका लागि आफूले अन्तिम प्रयास गर्ने बैठकमा बताएका छन् । 

नेता नेपालले एमाले बिबाद समाधानका लागि आफूले अन्तिम समयसम्म प्रयास गर्ने भन्दै अध्यक्ष ओलीनिकट व्यक्तिहरुले उक्त प्रयासलाई भाँड्ने र एकता हुन नदिने ब्रिफिङ गरेका ती नेताले बताए । 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १८:२९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया