नेपालले भने– सरकारमा नजाऔँ, गठबन्धन पनि नछोडौँ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु अहिले तत्काल सरकारमा नजाने स्पष्ट पारेका छन् । बिहीबार काठमाडौंमा आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा नेपालले यस्तो प्रष्ट्याएका हुन् । 

बैठकमा उनले आफूहरुले लडेर जोगाएको प्रतिनिधिसभालाई पूर्ण कार्यकाल जोगाउनु आफूहरुको जिम्मेवारी भएको बताएका छन् ।

‘तर, यसको अर्थ हामी सरकारमा जाऔँ भन्ने होइन,’ उनले भने, ‘हामीले प्रतिनिधि पुनस्र्थापनाका लागि बनाएको गठबन्धन हामी सरकारमा जानका लागि पनि होइन ।’

केन्द्रीय कमिटी बैठकमा नेपालले आफू पक्षीय नेताहरुलाई संयम भएर बोल्न पनि अनुरोध गरेका थिए ।





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १९:५६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया