आइसिसी विश्वकप क्रिकेट टोलीको अभ्यास सुरु

सेप्टेम्बर दोस्रो साताबाट ओमानमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ ।

वर्षायाममा मौसम प्रतिकूल भइरहेको अवस्थामा पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोलीलाई अभ्यास गराउन सुरु गरेका हुन । 

यसअघि सोही सिरिजका लागि भनेर नेपाल क्रिकेट संघ (क्यान)ले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । जसमा गुल्सन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । 

पूर्वकप्तान पारस खड्काले सन्न्यास लिएपछि उनको नाम टोलीबाट हटाइएको छ । दुई दिनअगाडि खेलाडीले अभ्यास सुरु गरे पनि बोलाइएका सबै खेलाडी बिहीबार मात्र प्रशिक्षणमा उपस्थित भएका हुन् । 

राष्ट्रिय क्रिकेट टोलीले बिहानको सत्रमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिटनेस प्रशिक्षण गरेका थिए भने दिउँसो कीर्तिपुर मैदानमा प्रशिक्षण  गरेका छन् । युवा ब्याट्सम्यान रोहितकुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन् । 

लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नतिजा सुम्पिएको छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ । 



लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।



  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १९:५८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया