आज ४ जिल्लामा जसपा ठाकुर समूहको विस्तारित बैठक, कुन नेता कहाँ जाँदै ?

जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर समूहले शुक्रबार २ नम्बर प्रदेशका ४ जिल्लामा बिस्तारित बैठक राखेको छ। 

प्रदेश २ का सप्तरी, सिरहा, महोत्तरी र बारा जिल्लामा विस्तारित बैठक आयोजना गर्न लागेको हो । बैठकका लागि केन्द्रीय नेताहरु ४ जिल्लामा बाँडिएर जाने भएका छन् । 

जसमध्ये सप्तरीको बैठकमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल, राजिव झा उपस्थित हुने जसपाले ठाकुर समूहले जानकारी दिएको छ। 

सिरहामा अनिल कुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया, मा. जयनुल  राइन सहभागी हुँदैछन् । 

महोत्तरीमा महन्थ ठाकुर आफैँले बिस्तारित बैठकको नेतृत्व गर्दैछन् ।  उनीपछि शरतसिंह भण्डारी , निर्जला राउत पनि महोत्तरीको बैठकमा हुनेछन् ।  

बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा ठाकुर समूहका नेताहरुले जानकारी दिएका छन् । 



निर्वाचन आयोगले उपेन्द्र यादव समूहलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर समूह अन्योलमा परेको छ । 



  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार ९:५१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया