माधव समूहलाई बाँस्कोटाको कटाक्ष : देउवाको भजन गाउने, टिकटक बनाउने
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले असन्तुष्ट पक्ष वरिष्ठ नेता माधव कुमार नेपाल समूहमाथि कटाक्ष गर्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाको भजन मण्डली बन्न सुझाव दिएका छन् । 

बाँस्कोटाले विधान महाधिवेशनका लागि पार्टी अगाडि बढिसकेको भन्दै अहिले कुनैपनि हालतमा नरोकिने बताएका छन् । उनले सदस्यता नवीकरण प्रक्रिया र विधान अधिवेशन दुवै नरोकिने प्रष्ट पारेका छन् । 

बाँस्कोटाले सामाजिक सञ्जालमार्फत महाधिवेशन र नवीकरण प्रक्रिया नरोकिने भन्दै पार्टी नै भाँड्न खोज्नेका कुरा सुन्न नपर्ने बताए । उनी लेख्छन्, ‘पार्टी नै भाँड्न खोज्नेका माग सुन्न पर्दैन । आए गल खेत छँदैछ, गए झोडा फाँडेर खुई काड्लान ।’ 

बाँस्कोटाले पार्टीमा फर्कने तथा नयाँ पार्टी खोल्ने दुवै काम नगरे देउवाको भजन मण्डली बनेर ‘मलाई देउवा मनपर्छ, किनभने...’ भन्दै टिकटक बनाएर बस्न सुझाव पनि दिएका छन् । 

बाँस्कोटा लेख्छन्, ‘त्यो पनि नभए देउवाको भजनकृतन मण्डलीको सदस्य बन्ने, देउवा मनपर्छ भन्ने टिकटक बनाउने ।’





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार ११:५७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया