सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने निधिको दावी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने दावी गरेका छन् । 

शुक्रबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निधिले १४ दिन वा १४ महिनापछि महाधिवेशन भए पनि आफ्नो उम्मेदवारी सभापतिमै कायम रहने जिकिर गरे।

निधिले पार्टीमा क्रियाशील सदस्यताको विवाद कायमै रहे पनि महाधिवेशनमा त्यसले कुनै समस्या नपर्ने बताए । उनले भने,‘भदौमा महाधिवेशन हुन्छ, यदि भएन भने कहिले हुन्छ, त्यो पनि निर्क्याैल हुनेछ ।’

सबै दललाई समेटेर सरकार बनाउने योजना अनुसार काम भइरहेकाले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको निधिले प्रष्ट गरे । उनले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका सबै दलहरूको सहभागितामा सरकार विस्तार गर्ने योजना रहेकाले मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भइरहेको बताए । 

निधिले सरकार सञ्चालनका लागि आज कार्यदलले प्रतिवेदन बुझाएसँगै मन्त्रीपरिषद्ले छिट्टै पूर्णता पाउने विश्वास समेत व्यक्त गरे ।

तदर्थ समितिको कुनै आवश्कता नरहेको बताउँदै उनले सक्दो निर्धारित समयमै नभए केही दिन सारेर भएपनि १४ औँ महाधिवेशन गरिने स्पष्ट गरे ।





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १३:१४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया