माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । 

काठमाडौं बानेश्वरको एक ब्याङ्क्वेटमा केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले आफ्नो मत राखिसकेपछि यसबारे छलफल गर्न स्थायी कमिटी बैठक सुरु भएको हो ।

‘अब स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको रायअनुसार एउटा फैसला ल्याउनेछ,’ नेपाल पक्षधर केन्द्रीय सदस्य ठाकुर गैरेले फरकधारलाई जानकारी दिएका छन् ।

उनका अनुसार आजको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आआफ्ना धारणा राख्ने क्रम सकिएको छ ।
 






  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १४:५३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया