नेकपा एमाले माधवकुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् । केन्द्रीय सदस्यहरुले बोल्ने पालो सकिएपछि स्थायी कमिटी बैठक सुरु गरिएको छ । यो बैठकले त्यहाँ भएका विषयमा थप निर्णय लिने जनाइएको छ ।
एमालेमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेपाल पक्षीय केन्द्रीय सदस्यहरुले बटमलाइन तय गरेका छन् ।
बैठकमा सहभागी नेताहरुले एमालेमा अब एकता हुनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका छन् ।
बिहीबार सुरु भएको नेपाल पक्षधर केन्द्रीय कमिटी बैठकमा अहिले पनि यसअघि बनेको १० बुँदे सम्झौता कार्यान्वयनमा ओलीलाई शंकाको घेरमा हेर्न सकिने भन्दै उनीहरुले ओलीले सार्वजनिक रुपमा माफी मागे मात्र एकताका लागि प्रयास गर्ने बताएका हुन् ।
‘बैठकमा बोल्ने अधिकांश नेताले अध्यक्ष ओलीले सार्वजनिक माफी नमागे एकता कार्यान्वयन सम्भव नहुने बताएका छन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘ओलीलाई विश्वास गर्न सकिने आधार नभएको अधिकांश नेताको धारणामा स्पष्ट आएको थियो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।