कक्षा १२ को परीक्षा स्थगित हुनसक्ने, परीक्षा बोर्डको बैठक भोलि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ कक्षाको परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । १२ कक्षाको परीक्षा स्थगित गर्न सिफारिस गरेसँगै राष्ट्रिय परीक्षा बोर्डको बैठक शनिबारका लागि बोलाइएको छ । 

शनिबार बस्ने बोर्डको बैठकले १२ कक्षाको परीक्षा गर्ने वा नगर्नेबारे निर्णय गर्ने भएको छ ।

३१ साउनदेखि सुरु गर्ने भनिएको १२ कक्षाको परीक्षाका लागि यसअघि पनि स्वास्थ्य मापदण्ड अपनाउने भनिएको थियो । 

यसअघि बोर्डले भौतिक दूरी कायम गरि एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राखेर परीक्षा गर्ने तयारी गर्न थालिएको थियो । तर, कोरोनाभाइरस संक्रमणको संख्या बढ्दै जाँदा यो परीक्षा रोक्न स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई सिफारिस गरेको हो ।

भोलि बस्ने बोर्डको बैठकले अब १२ कक्षाको परीक्षा आन्तरिक मूल्यांकनमा गर्ने वा भौतिक उपस्थितिमा नै गरिने भन्ने निर्णय गर्नेछ ।





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १९:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया