निर्वाचन आयोगले दिएन, जनताले आधिकारिकता दिन्छन् : महन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले आफ्नो पक्षलाई निर्वाचन आयोगले आधिकारिकता नदिए पनि जनताले आधिकारिकता दिने बताएका छन् । 

जनकपुरमा आयोजित अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले आगामी निर्वाचनमा जनताबाट आफूहरु आधिकारिक बन्ने दाबी गरेका हुन् । 

निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर कार्यकर्तामाझ गएको हो । सो क्रममा ठाकुर पक्षले शनिबार चार जिल्लामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ।  

झापा, धनुषा, पर्सा र कैलालीमा आयोजित कार्यकर्ता भेलामा ठाकुरपक्षका शीर्षनेताले सम्बोधन गरेका थिए। 





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार २१:५७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया