गायक सनुप पौडेलको तारामा नीर शाहको अभिनय

गायक सनुप पौडेल नयाँ गीत लिएर स्रोता/दर्शकसामु आएका छन् । उनले पछिल्लो पटक ‘मेरो आकाशको तारा’बोलको गीत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीत सन्दिप बस्नेतले लेखेका हुन् । संगीत भर्ने काम राज सागरले गरेका छन् ।

सार्वजनिक गीतमा बाबु र छोरा बीचको प्रेम र बिछोडको कथा बुनिएको छ । गीतकार सन्दिपले आफ्नो छोरोको समझनामा यो गीत लेखेको बताएका छन् ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । अनुप योञ्जनले निर्देशन गरेको म्युजिक भिडियोमा वरिष्ठ कलाकार नीर शाहका साथमा गौरव विष्टले अभिनय गरेका छन् ।

ज्ञानेन्द्र हुमागाइँको छायांकन रहेको भिडियो सम्पादन डिन्सन शाहले गरेका छन्।

भिडियाे हेर्नुहाेस् :





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १०:५३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया