टोकियो ओलम्पिक : केन्याका धावक किपचोगेले जिते म्याराथनमा स्वर्ण

केन्याली धावक एलिउड किपचोगेले टोकियो म्याराथनमा स्वर्ण जितेका छन् । 

३२ औँ संस्करणको गृष्मकालीन ओलम्पिक अन्तर्गत आइतबार बिहान भएको खेलमा उनले स्वर्ण हात पारेका हुन् । 

उनले यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पनि स्वर्ण हात पारेका थिए । उनले २ घण्टा ८ मिनेट ३८ सेकेन्डको समय निकालेका हुन् । 

त्यस्तै, नेदरल्यान्डका खेलाडी आब्दी नागिएले रजत र बेल्जियमका बासिर आब्दीले कास्य पदक हात पारे । 

३६ वर्षीय किपचोगे ओलम्पिक म्याराथनमा १ भन्दा बढी स्वर्ण जित्ने तेस्रो खेलाडी बनेका छन् । 





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १२:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया