एक्स नाइनमा अनुबन्धित भए अनमोल

अभिनेता अनमोल केसी नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । उनले नेपाली कथानक चलचित्र ‘एक्स नाइन’मा साइन गरेका छन् । चलचित्र निर्माण कम्पनी गोल्डेल हिल्स पिक्चर्सले केसीसँग शनिबार औपचारिक सम्झौता गरेको हो ।

अनमोल अनुबन्धित यो चलचित्रलाई नेपालकै पहिलो ठूलो एक्सन चलचित्र भनिएको छ । चलचित्रमा औपचारिक सम्झौता गरेपछि अनमोलले एउटा राम्रो टिमसँग जोडिन पाउँदा निक्कै उत्साहित रहेको बताएका छन् ।

यो चलचित्र क्यानडा, युरोप र नेपालमा छायांकन हुनेछ । जनवरीबाट छायांकनमा जाने चलचित्र ‘एक्स नाइन’ मुकुन्द भट्टले निर्देशन गर्नेछन् । किङ योगी र मुकुन्दको पटकथा रहने यो चलचित्रमा राजिव तामाङ, विरेन कुँवर, सोनु खत्री र सुवोध भट्टले संयुक्त रुपमा लगानी गरेका छन् । दिनेश भट्ट चलचित्रका कार्यकारी निर्माता हुन् ।

यो चलचित्रका लागि अनमोललाई महंगो पारिश्रमिक दिएको चर्चा छ । तर, अनमोलले कति पारिश्रमिक लिए भन्ने कुरा खुलाइएको छैन । चलचित्रका लागि लोकेसन हेर्न युरोप जाने तयारीमा निर्माण टिम रहेको छ ।





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १३:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया