ग्लोबल एनआरएन सिंगिङ आइडलः यी हुन् उत्कृष्ट २५ प्रतिस्पर्धी (नामावलीसहित)

ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् ।

‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनोट भएका हुन् ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा समितिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका ३० जनामध्येबाट ‘गाला राउन्ड’मा २५ जना पुगेका हुन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायक गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहेका छन् । ५ जना महिला र २० जना पुरुष उत्कृष्ट २५ मा पुगेका हुन् ।

२५ जना उत्कृष्ट प्रतिस्पर्धीमा युवराज गुरुङ (क्यानडा), बिबी मल्ल ठकुरी (कुवेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), देवकी न्यौपाने खत्री (युएई), कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), अभिषेक भण्डारी (अस्ट्रेलिया), किशोर लम्साल (कतार), रञ्जिता गोदार (अस्ट्रेलिया) रहेका छन् ।

त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुबेत), दीपेश सिग्देल (नर्वे), राधिकाकुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित विष्ट (युएई), कृष्ण खबास (युएई), प्रतीक सिडब्ल्यूए परियार (बहराइन), सतीश थापा (कतार), रेशु स्याङ्दान (बहराइन), निशान्तकुमार विश्वकर्मा (कतार) र अभिषेक लकान्द्री (अमेरिका) उत्कृष्ट २५ मा परेका छन् ।



ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धी छनोट भएका थिए । एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धीलाई अघिल्लो चरणका लागि अघि बढाइएको हो । 

डिजिटल अडिसनमा ६ वटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत् आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो ।



ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौँ पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने जनाइएको छ ।

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार २१:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया