गगन थापाको प्रश्न : त्रिविले परीक्षा नरोक्ने विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के हो ?
फाइल तस्बिर

सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना महामारीका बीचमा त्रिभुवन विश्वविद्यालयले परीक्षा नरोक्ने निर्णय गरेको असन्तुष्टि जनाएका छन् । 

थापाले सामाजिक सञ्जालमार्फत कोरोना महामारीको समयमा पनि परीक्षा जारी राख्ने त्रिविको निर्णयमाथि प्रश्न उठाएका हुन् । कक्षा १२ को परीक्षा महामारीकै कारण रोकिइसकेको अवस्थामा त्रिविले परीक्षा किन नरोकेको भन्दै उनले प्रश्न गरेका हुन् । 

थापाले त्रिविले परीक्षा नरोक्नुका आधारहरु केके हुन् भन्दै प्रश्न गरेका छन् । उनले परिक्षा नरोकिनुका तर्कहरु बारे प्रश्न उठाउँदै उक्त विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के हो भन्ने प्रश्न गरेका छन् । 

थापाले लेखेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ?यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ?’

थापाले त्रिविले सुरक्षित वातावरणमा परीक्षा लिन्छ भन्ने विश्वास दिलाउनका लागि सरकारको ध्यानाकर्षण पनि गराएका छन् । थापा लेख्छन्, ‘प्रधानमन्त्रीज्यू, कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो, कि वैकल्पिक माध्यमबाट परीक्षा संचालन गर्नुपर्यो ।’





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार ११:२७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया