फेरियाे दोहाेरी गीत प्रतिष्ठानको निर्णय

केही दिनअघि गायक तथा मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बहिष्कार गरेको समाचार सार्वजनिक भयो । प्रतिष्ठानका केही सदस्यहरूले थापालाई देशभरका मेला महोत्सवमा समेत बहिष्कारका निम्ति आग्रह गरिने बताए । प्रतिष्ठानका सबै कार्यक्रममा थापालाई बहिष्कार गर्ने तयारी रहेको प्रतिष्ठानका विकृति विसंगति न्यूनीकरण कार्यदलका संयोजक शिव हमालले सार्वजनिक रूपमै जानकारी दिए । प्रतिष्ठानले भने विज्ञप्ति निकाल्न सकेन ।

प्रतिष्ठानको यो निर्णय केही दिनमै उल्टिएको छ । प्रतिष्ठानले आफ्नो निर्णय सच्चाउँदै थापालाई बहिस्कार नभई सदस्यताबाट मात्रै वञ्चित गरेको जनाएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय सच्चाएको हो ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा दुर्गेशले प्रकाशन पूर्व नै ‘ख्यास्स पुतली’ नराख्न भनिएको भए पनि वेवास्ता गरेकाले यो निर्णय गर्नु परेको बताएको छ । प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा थापाले प्रतिष्ठानसँग आफ्नो कुनै सम्बन्ध नरहेको हलुका स्पष्टीकरण दिएकाले उनको प्रतिष्ठानको साधारण सदस्यता समेत खारेज गरेको जनाएको छ ।

दुर्गेशले केही साताअघि सार्वजनिक गरेको ‘ख्यास्स पुतली’बोलको गीतलाई लिएर धेरैले आलोचना गरेका थिए । थापाको यही गीतलाई लिएर प्रतिष्ठानले बहिष्कारको नीति बनाएपछि प्रतिष्ठानको पनि चौतर्फी विरोध भएको थियो । 





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार ११:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया