अनमोलपछि ‘एक्स नाइन’मा जोडिए सौगात मल्ल

नेपाली कथानक चलचित्र ‘एक्स नाइन’मा अभिनेता सौगात मल्लले अभिनय गर्ने भएका छन् । आइतबार मात्रै चलचित्रका लागि अनमोल केसी फाइनल भएका थिए । अनमोलसँगै सौगातले पनि यो चलचित्रमा अभिनय गर्ने पक्का भएको हो ।

चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्नेछन् । चलचित्रमा सौगातले कस्तो भूमिका निर्वाह गर्नेछन् भन्ने बारेमा केही खुलाइएको छैन । यसभन्दा अगाडि निर्देश भट्ट र सौगातले चलचित्र ‘लप्पन छप्पन’मा सहकार्य गरेका थिए ।

जनवरीबाट छायांकनमा जाने चलचित्रमा क्यानडा, युरोप र नेपालका दृष्य समावेश गरिने छ । निर्देशक भट्ट र किङ योगीको पटकथा रहने चलचित्रमा राजीव तामाङ, विरेन कुँवर, सोनु खत्री र सुबोध भट्टले संयुक्त रूपमा लगानी गर्नेछन् ।

दुई अभिनेता फाइनल गरेको चलचित्र युनिटले अभिनेत्री भने टुङ्गो लगाएको छैन । अन्य कलाकारका लागि कुरा भैरहेको निर्माण टिमले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार १२:४६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया