जसपाको पहिलो बरीयतामा बाबुराम भट्टराई (यस्तो छ सूची)

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जनता समाजवादी पार्टी (जसपा) नेताहरुको जिम्मेवारी हेरफेर भएको । जसअनुसार जसपाको पहिलो बरीयतामा पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई राखिएको छ । 

निर्वाचन आयोगले सोमबार अध्यावधिक गरेको कार्यकारिणी समितिको पहिलो बरीयतामा डा. भट्टराईको नाम उल्लेख गरेको छ । दोस्रो बरीयतामा अध्यक्ष उपेन्द्र यादव, तेस्रो बरीयतामा वरिष्ठ नेता अशोककुमार राई र चौथोमा राजेन्द्रप्रसाद श्रेष्ठ छन् ।  

अन्य नेताको नाम भने वर्णानुक्रमअनुसार राखिएको छ । जसअनुसार क्रमशः अमृता अग्रहरी, गजाधर रोहिता यादव, गोविन्द चौधरी, गंगानारायण श्रेष्ठ, डम्मरुबल्लभ खतिवडा, दुर्गा सोब, नवराज सुवेदी, नवलकिशोर साह, प्रकाश अधिकारी, प्रशान्त सिंह, परशुराम खापुङ, परशुराम बस्नेत, भक्तबहादुर शाह, मनीषकुमार सुमन, महिन्द्रराय यादव, मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इश्तियाक राई, युवराज कार्की, रकम चोम्जोङ, रणध्वज लिम्बु, रमेशप्रसाद यादव, राजकिशोर यादव, रामनरेश राययादव, रामसहायप्रसाद यादव, रेणुकुमारी यादव, रेशमलाल चौधरी, लालबाबु राउत, विजयकुमार, सुशीला श्रेष्ठ, हिसिला यमी र हेमराज राईको नाम उल्लेख छ ।

डिल्लीबजार जेलमा रहेका रेशमलाल चौधरीलाई पनि कार्यकारिणी समितिमा समेटिएको छ । उनी ज्यान मार्ने उद्योगमा संलग्ग्न रहेको प्रमाणित भएपछि सजाउ भोगिरहेका छन् । 

यसअघि ५१ सदस्य रहेको कार्यकारिणी समिति ३५ सदस्यीयमा खुम्चिएको छ । अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित १६ नेता बाहिरिएका छन् ।

बाहिरिने अन्य नेतामा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, बृजेशचन्द्र लाल, जीतेन्द्रप्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, केशवकुमार झा, इकवाल अहमद साह, निर्जला राउत, सुनिलकुमार झा र प्रशान्त सिंह छन् । उनीहरूलाई साधारण सदस्यबाट भने हटाइएको छैन । 





  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार २०:५८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया