धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु

धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । भगवानको भजनकिर्तन गरिरहेका बेला अचानक माइकमा करेन्ट प्रवाह हुँदा दुईजनाको ज्यान गएको हो । 

मृत्यु हुनेहरुमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५५ वर्षीय विन्दा दास र सोही ठाउँ बस्ने ५० वर्षीय मनिराम यादव रहेका छन् । 

क्षीरेश्वरनाथ नगरपालिका वडा नं‍ ३ पर्सा टोलका भुलन यादवको घरमा भइरहेको भजनकिर्तनको समयमा माइकमा अचानक करेन्ट प्रवाह हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दास र यादव धार्मिक उत्सवमा भजनकिर्तन गर्न यादवको घर गएका थिए । 

मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार २१:४२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया