केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा आफूनिकट नेताहरुसँग छलफलमा देउवा
फाइल तस्बिर

सत्तारुढ दल नेपाली कांग्रेसमा सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले १४ औँ महाधिवेशन केन्द्रित भएर आफूनिकटका नेतासँग छलफल सुरु गरेका छन् । 

भाेलि केन्द्रीय समिति बैठक बाेलाएका सभापति देउवाले महाधिवेशनको विषयमा केन्द्रित रहेर आफूनिकट केन्द्रीय नेताहरुसँग छलफल थालेका हुन् । निजी निवास बुढानिलकण्ठमा देउवाले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बोलाएर छलफल गरेका हुन् । 

बुधबार बिहानैदेखि देउवाले आफूनिकटका पदाधिकारी तथा केन्द्रीय नेताहरुलाई बोलाएर छलफल सुरु गरेका हुन् । देउवाले महाधिवेशनलाई कति समय सार्न सकिन्छ भन्ने विषयमा छलफलका लागि आफूहरुलाई बोलाएका एक केन्द्रीय सदस्यले बताए । 

छलफलमा सहभागी उनले महाधिवेशनलाई कति समयसम्म सार्न सकिन्छ भन्ने विषयमा सुझाव पनि मागेका बताए । अहिलेको अवस्थामा महाधिवेशनको सम्भावना नभएको भन्दै देउवाले कसरी सार्ने भन्ने विषयमा नेताहरुको राय मागेका थिए । 

वरिष्ट नेता रामचन्द्र पौडेल लगायतका संस्थापन इतरका नेताहरुले भदौ २३ भित्रै कुनैपनि हालतमा महाधिवेशन हुनुपर्ने बताइरहेका बेला देउवा भने महाधिवेशन सार्ने विषयमा केन्द्रित भएर छलफलमा जुटेका छन् । 

देउवाले आफूनिकट नेताहरूसँगको कुराकानीमा आगामी महाधिवेशनका लागि राजनीति कस्तो बनाउने भन्ने विषयमा पनि छलफल थालेका छन् । आजको छलफलमा पनि देउवाले आफ्नो रणनीतिको सम्भावित खाका नेताहरुलाई बुझाएका छन् । 





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १२:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया