भीम आचार्यको नजरमा यी आठ कारण, जसले एमाले एकता टार्दैछ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी एकताभन्दा फुटतर्फ अग्रसर भइरहेको बताएका छन् । आचार्यले सामाजिक सञ्जालमार्फत दश बुँदै सहमतिपछि पनि दुवै तर्फका गतिविधिका कारण एकताभन्दा फुट तर्फ गइरहेको बताएका हुन् । 

आचार्यले अहिले पार्टीमा विभाजनकारी प्रवृत्ति हावी भएको बताए । उनले सोही प्रवृत्तिका कारण पार्टी गम्भीर संकटबाट गुज्रिरहेको बताए ।

आचार्य लेख्छन्, 
यतिबेला नेकपा एमालेमा विभाजनकारी प्रवृत्ति हावी भएकोले यो गम्भीर संकटबाट गुज्रिरहेको छ ।
(१) एकातिर गत फागुन २८ गतेबाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरू कतिपय बोली, वचन, काम, व्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भइरहेका छन् ।
(२) अर्कोतिर, त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झण्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधिहरु विभाजनकै पक्षमा प्रकट भइरहेका हुन कि भन्ने आशंका बढेर गएको छ ।
(३)पक्ष २ वटा प्रवृति एउटै विभाजनकारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो ।
(४) दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरु, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्वहरु र राम्रो काम गरेर होइन अरुलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरीरहेको छ ।
(५) नेकपा एमालेका देश विदेशमा भएका लाखौँ कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनसमुदायहरू नेपालको वामपन्थी आन्दोलन र नेकपा एमालेको एकताको पक्षका छन् । तर, उनीहरु पार्टी बचोस् भन्ने अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भएका छन् र विडम्बना उनीहरु नेतृत्वविहीन पनि छन् ।
(६) गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो । यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्याहरु हल गर्दै जान सकिन्छ । बिना जालझेल, छलछाम र हिचकिचाहट रुपमा यसलाई लागु गर्नु पर्दछ ।
(७) हाल पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहित गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयासहरु भइरहेका छन् । त्यसबाट एकता पक्षधरहरु हतोत्साहित हुनु हुँदैन ।
(८) टुट–फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछु ।





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १३:११:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया