मध्यपश्चिम विश्वविद्यालयमा पुनः तनावग्रस्त, विद्यार्थी चर्को नाराबाजीमा

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा पुनः तनाव सिर्जना भएको छ । 

क्याम्पस परिसरवरपर उपकुलपतिविरुद्ध संयुक्त विद्यार्थी संगठनले चर्को नाराबाजी गरिरहेको छ । 

आन्दोलनकारीले ‘नालायक उपकुलपति राजीनामा दे’, ‘संयुक्त विद्यार्थी आन्दोलन जिन्दावाद’, ‘शैक्षिक माफिया मुर्दावाद’, ‘हतियारधारी गुन्डागर्दी बन्द गरजस्ता नारा लगाएका छन् । 

विद्यार्थीको हुल नाराबाजी गर्दै उपकुलपति निवासमा पुगेको छ । मंगलबार साँझ विद्यार्थीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र विद्यार्थीबीच भएको झडपमा सात विद्यार्थी घाइते भएका थिए । 

आन्दोलनकारीले प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई तत्काल रिहाइ गरिनुपर्ने र उपकुलपति नन्दबहादुर सिंहले तत्काल राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । 





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १६:२५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया