जनअपेक्षाको सम्मानमा सरकारले मलाई नियुक्त गर्यो : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको निर्देशनअनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधबार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका घिसिङले सरकारले दिएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रको हाइटलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले आम जनताको अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई फेरि सो जिम्मेवारी दिएको उल्लेख गरे । 

घिसिङले भने, ‘सरकारले दिएको जिम्मेवारी, ऊर्जामन्त्री पम्फा भुसालले दिनुभएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रलाई अझ हाइटमा लाने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । मैले गर्ने भनेको सरकारको कार्ययोजना हो । त्यही कार्ययोजनालाई अघि बढाउने हो । सरकारको जुन निर्देशन छ, त्यसलाई अघि बढाउने हो । धेरै अगाडि बढ्नुपर्नेछ ।’

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको कामलाई जनताको अपेक्षाअनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई आग्रह गरे ।

घिसिङले आफ्नो पहिलो प्राथमिकता सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने रहेको पनि स्पष्ट पारे । सुशासन र गुणस्तरीय सेवाका लागि प्राधिकरणलाई प्रविधिमय बनाउँदै लैजाने उनको योजना छ ।

घिसिङले हितेन्द्र शाक्यलाई पनि सरकारले उर्जा आयोगका लगेर सम्मान गरेको बताए । उनले आफूले ठूलो चुनौती मोलेर प्राधिकरणको दोस्रो कार्यकालको जिम्मेवारी लिएको उल्लेख गर्दै कसैको टिकाटिप्पणी नगरी काम गर्ने पनि बताए ।





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १६:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया