लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले आज एक सूचना जारी गर्दै आगामी २४ घण्टाभित्र नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरेको हो । कार्यालयले बहुमतसहित दाबी पेस गर्नका लागि भोलि दिउँसो ३ बजेसम्मको समय दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।