विश्वविद्यालयका परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयको परिपत्र

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्न सातै प्रदेशका जिल्ला स्वस्थ्य कार्यालयलाई परिपत्र गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ०७८–४–२७ को सचिवस्तरीय निर्णयानुसार त्रिविलगायत विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप वितरण गर्न निर्देशन दिइएको हो । 

महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट खोप केन्द्र र मिति निर्धारण गरी कोभिड १९ रोगविरुद्धको खोपको पहिलो मात्रा दिने व्यवस्था मिलाई खोप प्रदान गर्न पत्र पठाएका हुन् । 

 





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १९:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया