भरतपुर महानगरपालिकाले महानगरभित्रका पाँच विद्यालयलाई बस हस्तान्तरण गरेको छ ।
महानगरले आफ्नो क्षेत्रमा पर्ने सामुदायिक विद्यालयहरु नारायणी नमुना मावि, कविलास मावि, भीमनगर मावि, प्रभात मावि र लक्ष्मी माविलाई एक–एकवटा बस हस्तान्तरण गरेको हो ।
महानगरभित्रका सामुदायिक विद्यालयलाई सुविधासम्पन्न बनाई शैक्षिक गुणस्तर सुधार गर्न बस हस्तान्तरण गरेकाे महानगरकी प्रमुख रेणु दाहालले बताएकी छिन् ।
यसले विद्यालयमाविद्यार्थीकाे सहज पहुँचका लागि महत्त्वपूर्ण भूमिका प्रदान गर्ने उनकाे भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।