राष्ट्रिय सभाकाे बैठक बस्दै

राष्ट्रिय सभाकाे बैठक आज बस्ने भएकाे छ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्नेछ । 

बैठकमा आज अर्थमन्त्री जनार्दन शर्माले देशकाे आर्थिक अवस्थाकाे बारेमा जानकारी गराउने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ । 

बैठकमा ‘अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ प्रस्तुत हुनेछ । 

यसै गरी बैठकमा ‘लोक सेवा आयोग विधेयक, २०७५’ र ‘विद्युत विधेयक, २०७७’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गरिने सचिवालयले जनाएकाे छ । 


 





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार ८:१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया