उपत्यकामा आज बेलुका ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने

काठमाडौं उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी गाडी चलाउन नपाइने भएको छ। 

कोरोना संक्रमण नियन्त्रण तथा राेकथामका लागि काठमाडाैं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख अधिकारीहरूले हिजाे(बुधबार) यस्ताे निर्णय गरेका हुन् ।

अब अत्यावश्यक सेवा, ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने साधनले मात्र ८ बजेपछि पनि चल्न पाउनेछन् ।

यी बाहेक अन्य सार्वजनिक यातायात तथा निजी गाडी चलाउन पाइने छैन । 

हिजाे बसेकाे बैठकले थप कडाइ गर्दै भदाै ८ गतेसम्म निषेधाज्ञा थपेकाे छ ।

यसै गरी सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, मनोरञ्जन स्थल, संग्रहालय, दर्शकसहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न गराउन पाइने छैन ।



 



  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १०:१३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया