ओलीले एमालेका पुराना नेताको मानमर्दन गरे : खिमलाल देवकोटा

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले दुईतिहाइ जनमतको कदर गर्न नसकेको नेकपा एमालेको सरकारले पार्टीका पुराना नेताहरुको मानमर्दन गरेको आरोप लगाएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै देवकोटाले नेपाली भूमि दार्चुला हुँदै मानसरोवर जाने बाटो एकतर्फी हुँदै भारतले निर्माण गरिरहँदा पनि केही नबोलेको बारेमा जनतालाई उत्तर दिनुपर्ने बताए । 

देवकोटाले भने, ‘नेकपाको सरकारले दुईतिहाइ जनमतको कदर गर्न नसकेको, पार्टीका वरिष्ठ तथा पुराना नेताहरुको मानमर्दन गरेको, दलाल र नोकरशाहीहरुको पृष्ठपोषण गरेको आरोपमा जनतालाई जवाफ दिनुपर्छ ।’

देवकोटाले तत्कालीन सरकारका नेतृत्वकर्ता एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका सवालमा जवाफ दिनुपर्ने बताए । देवकोटाले रअका प्रमुखलाई सिधै बालुवाटार छिराएको, नेपाली भूमि दार्चुला हुँदै मानसरोवर जाने बाटो एकतर्फी हुँदै भारतले निर्माण गरिरहँदा पनि केही नबोलेको विषयमा ओलीले जवाफ दिनुपर्ने बताएका हुन् ।

देवकोटाले दुई दुई पटक प्रतिनिधिसभाको घाँटी रेटेको, लोकतन्त्र र कानुनी राज्यको उपहास गरेको लगायतका दर्जनौँ आरोपहरूको ओलीले जनतालाई जवाफ दिनुपर्ने बताए । 





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १३:१९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया