सत्ता गठबन्धनलाई काेमल ओलीकाे प्रश्न : शिक्षामन्त्रीमा भागबण्डा नमिलेकाे हाे ?

नेकपा एमालेकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल ओलीले शिक्षामन्त्री नियुक्त नहुँदा परीक्षाको तयारीमा रहेका ४ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताएकी छन् । आजको राष्ट्रियसभाको बैठकमा बोल्दै ओलीले यस्तो बताएकी हुन् । 

ओलीले अहिलेसम्म शिक्षा मन्त्री नियुक्ति नहुनुले ४ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताइन् । उनले शिक्षामन्त्री नियुक्त नहुनु भागबण्डा नमिलेर हो कि के हो भन्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रश्न समेत गरिन् । 

ओलीले भनिन्, ‘भागबण्डा नमिलेर हो कि शिक्षामन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परेको छ । ४ लाख बढी विद्यार्थीहरुले परीक्षामा बस्न पाएका छैनन् । उनीहरुको पढाइ मात्रै क्लास बढाएर भइरहेको छ, जाँच दिन पाएका छैनन्, उनीहरुको भविष्य अन्धकार छ ।’

ओलीले थपिन्, ‘त्यसकारण हेल्थ प्रिकर्सन प्रयोग गरेर हुन्छ कि, सबै विद्यार्थीहरुलाई खोप उपलब्ध गराएर हुन्छ, अल्टरनेटिभ वेबाट भएपनि परीक्षा दिने व्यवस्था होस् भन्ने माग गर्न चाहन्छु, ती विद्यार्थीको भविष्यलाई ध्यान दिइयोस् ।’





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १३:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया