कांग्रेसको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानी फिर्ता ल्याओस् : सांसद देवकोटा

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले नेपाली कांग्रेसको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमि फिर्ता गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै देवकोटाले भूमि फिर्ता गर्न माग गरेकी हुन् । 

शुन्य समयमा बोल्दै देवकोटाले विगतको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमिबारे कुटनीतिक पहल नगरेकोले भूमि फिर्ता हुन नसकेको भन्दै यो सरकारले भूमि फिर्ता गर्नुपर्ने बताएकी हुन् । 

देवकोटाले भनिन्, ‘लिम्पयाधुरा, लिपुलेक, कालापानीसहित जारी गरेको नेपालको नक्शा पारित त गर्यौँ तर विगतको सरकारले कुटनीतिक पहल नगरेका कारण भूमि फिर्ता हुन सकेन, नेपाली कांग्रेसको सरकारले त्यो जमीन फिर्ता ल्याउने पहल गरोस् ।’





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १४:१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया