अब आउँदैन भिडियोमा ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किनभने...’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै सामाजिक सञ्जालहरुमा निकै सक्रिय रुपमा प्रस्तुत भए । फेसबुकदेखि ट्विटर र इन्स्टाग्राममा पनि देउवाको विषयमा लगातार पोस्टहरु आइरहे । 

देउवाको सचिवालयले देउवा र सरकारको विषयमा सूचना तथा जानकारीहरु सार्वजनिक गर्नका लागि सबै सामाजिक सञ्जालहरु प्रयोगमा ल्याए । त्यससँगै देउवाको विषयमा बनेका भिडियोहरु भाइबर ग्रुपमार्फत लगातार सार्वजनिक भए । 

सोही ग्रुपबाट सार्वजनिक हुने एउटा भिडियो सिरिज थियो, ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किनभने...’ । जसमा देउवाका विषयमा विभिन्न विधाका सेलिब्रेटी मार्काका व्यक्तिले सकारात्मक टिप्पणी गरेका हुन्थे । 

तर, अब उक्त सिरिजका नयाँ भिडियोहरु सार्वजनिक नहुने भएका छन् । भिडियो सिरिजको व्यापक विरोध भएपछि सभापति देउवाले नै उक्त सिरिज रोक्न निर्देशन दिएपछि अब भिडियो नआउने भएको हो । 

आज बुढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा देउवाले आफूले उक्त भिडियो सिरिज रोक्नका लागि निर्देशन दिइसकेको जानकारी गराएका छन् । केन्द्रीय सदस्यहरुले उक्त भिडियोको विषयमा आपत्ति जनाएपछि देउवाले आफूले बन्द गर्न निर्देशन दिइसकेको बताएका हुन् । 





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १५:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया