दार्चुला तुइन प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न कांग्रेस सांसद बडूको माग

सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला तुइन प्रकरणको सत्यतथ्य शिघ्र सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै यस्तो माग गरेका हुन् । 

बडूले दार्चुला-तिङ्कर सडकलाई यथाशिघ्र सम्पन्न गर्नका निमित्त राष्ट्रिय प्राथमिकता र उच्च राष्ट्रिय महत्वका साथ महाकाली करिडोरबाट छुट्याएर दार्चुला-तिङ्कर खण्डलाई पर्याप्त बजेट र छुट्टै आयोजना कार्यान्वयन गर्नका लागि सरकारसँग माग गरेका हुन् । 

बडूले भने, ‘दार्चुला तुइन घटनाको सत्यतथ्य शिघ्र सार्वजनिक गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति र रोजगारी तथा बच्चाहरुको उचित शिक्षाको प्रवन्ध गर्न, शिलान्यास गर्न अलपत्र पारिएका चारवटै झोलुङ्गे पुलहरूको तत्काल निर्माण सुरु गर्न तथा लापरवाही गर्ने ठेकेदारलाई कारबाही गर्न र भविष्यमा त्यस क्षेत्रका जनताले यसरी अवैधानिक र असुरक्षित तुइन तर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

बडूले थपे, ‘जनताको जिउ धनको रक्षाका साथै राष्ट्रिय स्वाभिमानको रक्षाका लागि समेत निकै मन्द गतिमा निर्माणाधिन भइरहेको दार्चुला-तिङ्कर सडकलाई यथाशिघ्र सम्पन्न गर्नका निमित्त राष्ट्रिय प्राथमिकता र उच्च राष्ट्रिय महत्वका साथ महाकाली करिडोरबाट छुट्याएर दार्चुला–तिङ्कर खण्डलाई पर्याप्त बजेट र छुट्टै आयोजनाका कार्यान्वयन गर्नका निमित्त म नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १५:५९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया