नेपाल र अष्ट्रेलियाबीच कमला नदीको “स्टेट अफ द बेसिन” सम्झौता

नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ द बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ । 

शुक्रबार काठमाडौंस्थित होटल याक एन्ड यतीमा भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट उर्जा तथा जलस्रोत सचिव सागर कुमार राई र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी बोल्कले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

नेपाल सरकारको जल तथा उर्जा आयोग र अष्ट्रेलिया सरकारको सिसिरो संस्थाबीच सम्झौता भएको सचिव राईले बताए । उनले यसमा अन्य जेभिएस र पिआई संस्था पनि रहेको बताए । 

सचिव राईले ४ वर्षको दौरानपछि कमला नदीको पानीलाई कसरी व्यवस्थित रुपले प्रयोग गर्न सकिन्छ र वातावरणको हिसाबमा, चुरे दोहन रोक्ने लगायतका हिसाबमा कमला नदी स्टेट अफ द बेसिन प्लान तयार भएको बताए । उनले यो समझदारी पत्रले चुरे क्षेत्रको संरक्षणमा कसरी काम गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको बताए । 

राईले भने, ‘नेपाल सरकारको जल तथा उर्जा आयोग र अष्ट्रेलिया सरकारको सिसिरो भन्ने संस्थासँग मिलेर हामीले सम्पन्न गरेका हौँ, र यसमा अरु पनि जेभिएस र पिआई भन्ने संस्था पनि रहेको छ । यो ४ वर्षको दौरान पछाडि के कसरी कमला नदीको पानीलाई व्यवस्थित रुपले प्रयोग गर्न सकिन्छ र वातावरणको हिसाबले, बाढीपहिरो रोक्ने, चुरे संरक्षण गर्ने सबै कुराहरुले गर्दा कमला रिभर बेसिन स्ट्राटेजी प्लान तयार भएको छ, यो अत्यन्त महत्वपूर्ण छ । यसले चुरे क्षेत्रको संरक्षणमा कसरी काम गर्ने, कमला रिभर बेसिनमा पानीलाई कसरी धेरै भन्दा धेरै रिचार्ज हुने, पानी सञ्चित हुने र पानीको मात्रा बढाउने विषयमा दिशा निर्देश गर्छ, त्यहाँ भएका जमीनमा धेरै सिंचाइ कसरी हुन्छ र त्यहाँ भएका स्थानीय जनताहरुको आयस्रोत बढाउने भन्ने विषयमा काम गर्दछ ।’

जल तथा उर्जा आयोग सचिवालयका सचिव मणिराम गेलालले अष्ट्रेलियाले नेपाललाई लगातार सहयोग गरिरहेको बताए । उनले अष्ट्रेलियाले जल तथा उर्जा क्षेत्र र कमला नदी बेसिनको क्षेत्रमा ५ वर्ष यता निरन्तर सहयोग गरिरहेको स्मरण गरे । 



नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी बोल्कले यो सम्झौता जल तथा उर्जा क्षेत्रको लागि महत्वपूर्ण रहेको बताए । उनले जल तथा उर्जा क्षेत्रमा नेपाल र अष्ट्रेलिया बीचको यो सम्झौता अविस्मरणीय रहेको बताए । उनले यस समझदारीले स्थानीय आर्थिक समृद्धि तथा जीविकोपार्जनको सुरक्षाका लागि व्यवसायिक तथा वैज्ञानिक कृषिमा जोड दिने उल्लेख गरे ।



  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १६:५०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया