प्रमोद खरेलको आवाजमा ‘बैगुनी’ सार्वजनिक

कलाकार दिपक मैथाने मगरले नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारोस्थित हाम्रो चौतारी रेष्टुरेन्टमा भव्य कार्यक्रमका बीच तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले भिडियो सार्वजनिक गरेका हुन् । 

बेलायतमा छायांकन गरिएको भिडियोमा वरिष्ठ कलाकार मनिष श्रेष्ठ, पहिलो मिसेस युके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय रहेको छ । 

लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको उक्त गीतमा मैथानेकै शब्द श्रृजना रहेको छ भने म्यूजिक र अरेन्ज बिलन थापा मगरले गरेका छन् । नेपालको गुल्मीमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका मैथानेको ‘बैगुनी’को निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । 

करिब डेढ दशकदेखि पत्रकारिता सँगसँगै भिडियो निर्देशनमा पाइला चालेका निर्देशक कुशलकै छायांकन र सम्पादन रहेको भिडियोको कलरिङ नवीन निरौलाले गरेका हुन् ।

बेलायतका रमणीय र प्रसिद्ध स्थानहरुमा छायांकन गरिएको भिडियोमा निर्देशक कुशलले प्रेम विछोडमा हुने घटनाक्रमलाई विभिन्न ढङ्गबाट गज्जबसँग देखाएका छन् । भिडियो कलाकार मैथानेकै अफिसियल च्यानल मैथाने इन्टरटेनमेन्टमार्फत युट्युबमा रिलिज गरिएको हो ।





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १७:२८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया