नेपालले कोभ्याक्समार्फत मोडेर्नाको ४० लाख डोज खोप पाउने

नेपालले अमेरिकी कम्पनी मोडेर्ना उत्पादन गरेको कोरोना खोप पाउने भएको छ । कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालले मोडेर्नाको ४० लाख डोज खोप पाउने भएको हो । 

विश्व बैंकको सहयोगमा नेपालले मोडेर्नाको खोप पाउन लागेको हो । विश्व बैंकले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिअनुसार नेपालले गाभीमार्फत मोडेर्नाको खोप पाउन लागेको हो । 

विश्व बैंकको वेबसाइटमा नेपाल गाभीमार्फत मोडेर्नाको कोरोना खोप पाउने सम्झौता गरिसकेको दोस्रो राष्ट्र भएको उल्लेख छ । कोभ्याक्सको लागत सहकार्यमार्फत नेपालले खोप पाउन लागेको त्यसमा उल्लेख छ । 

नेपालले उक्त सम्झौताअनुसार सन् २०२२ को मार्चदेखि खोप पाउन सुरु गर्ने बताइएको छ । मोडेर्नाको खोप १२ देखि १७ वर्षका बालबालिकामा पनि प्रभावकारी भएको र नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएकामा उक्त सम्झौताले सहयोग गर्ने बताइएको छ । 





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १८:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया