जब काजोललाई सोधियो– छोरी शाहरुखको छोरासँग भागिन् भने...

बलिउड अभिनेत्री काजोल अहिले पनि आफ्नो निस्फिक्री अभिव्यक्तिका कारण बारम्बार चर्चामा आइरहन्छिन् । अहिले पनि उनको एउटा भनाई सामाजिक सन्जालमा भाइरल भइरहेको छ । यसमा काजोल, शाहरुख खानसँग अन्तर्वार्तामा थिइन् । 

अनि वर्षौ पुरानो अन्तर्वार्तामा काजोलले जे भनेकी छिन्, त्यसका कारण शाहरुख पनि अचम्ममा पर्छन् । यसमा काजोललाई शाहरुख खानका छोरा आर्यानसँग आफ्नी छोरी न्यासा भागे के होला भनेर सोधिएको छ । 

त्यतिबेला सोधिएको थियो– १० वर्षपछि तपाईंकी छोरी शाहरुखका छोरा भागे भने के हुन्छ ? 

काजोलले यसमा सहज जवाफ दिन्छिन्– दिलवाले दुल्हा ले जाएँगे ।

काजोलले यस्तो बताएपछि शाहरुख पनि अचम्ममा पर्छन् । उनले यस्तो भएमा आफूले काजोललाई के भन्ने होला भन्ने विषयमा रमाइलो जवाफ दिन्छन् ।





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार २१:३०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया